रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८१ बैशाख १९, बुधबार

ढल्केबर : धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडकमार्गमा बिग्रिएर रोकिराखेको ट्रिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको हो । जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ क ०१६० नम्बरको मोटरसाइकल सोही दिशातर्फ बिग्रिएर रोकिराखेको मधेश प्रदेश ०१–००४ प ७५०० नम्बरको ट्रिपरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्करबाट नाम ठेगाना खुल्न नसकेको मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताए । ठक्करमा परेर गम्भीर घाइते भएको मोटरसाइकल चालकलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार