पोर्चुगलमा पूर्वमन्त्री श्रीपालीकी छोरी संगीताको अल्पायुमै निधन

२०८१ बैशाख १९, बुधबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीकी छोरी संगीता श्रीपालीको मृत्यु भएको छ।

नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका श्रीपालीकी माइली छोरी संगिताको पोर्चुगलमा निधन भएको हो। संगीता क्यान्सरबाट पीडित थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

वाईसीएलका अध्यक्ष सुवोध श्रीपालीका अनुसार २९ वर्षीया संगिता २ वर्षदेखि पोर्चुगलको राजधानी लिस्बनस्थित अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी थिइन्। सुरुमा आन्द्राको क्यान्सर देखिएको संगितामा पछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो।

पुत्री शोकमा परेका पूर्वमन्त्री दलजित श्रीपालीलाई सामाजिक सञ्जालमार्फत धेरै जनाले समवेदना व्यक्त गरिरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार