श्रीमतीको हत्या गरे भन्दै युवकले गरे आत्मसमर्पण

२०८१ बैशाख १९, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरे भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् । उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धका एक अधिकारीले जानकारी दिए ।

अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार