पुतलीसडकमा भ्यानसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ बैशाख १९, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् । देउलाको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए ।

त्यसपछि गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार