काठमाडौं : बुधबार छापावाल सुनको मूल्य २७ सय रूपैयाँले घटेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १६ सय ३० रूपैयाँ कायम भएको छ ।





