प्रमुख निर्वाचन आयुक्त थपलिया भोलि भारत जाने

२०८१ बैशाख २१, शुक्रबार

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आम चुनाव अवलोकनका लागि भोलि भारत जाने भएका छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त थपलियाको भारत भ्रमण स्वीकृत गरेको हो । भारतको निर्वाचन आयोगले आम चुनावको अवलोकनका लागि निम्तो गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलिया भोलि भारत गएर २७ गते स्वदेश फर्किनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार