एक सयको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

२०८१ बैशाख २१, शुक्रबार

काठमाडौँ : सरकारले १०० रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो कुराको जानकारी दिए ।

उनले भने, ‘‘नेपालमा हाल चलनचल्तीमा रहेको एक सय रुपियाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपियाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिने । योभन्दा पहिला पुरानो नक्सा भएको नोट थियो ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार