मुम्बईमाथि कोलकोता २४ रनले विजयी

२०८१ बैशाख २२, शनिबार

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो । कोलकोताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकोताले २४ रनले जितेको थियो । यसअघि कोलकोताले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै १६९ रन बनाएको थियो

यो कोलोताको यस सिजनमा सातौं जित हो । १० खेलमा ७ जित र ३ हारसहित कोलकोताको १४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै मुम्बईको भने यो यस सिजनमा आठौँ हार हो । ११ खेलमा केवल ३ खेल जितेको मुम्बईको ६ अंक रहेको छ र प्लेअफको दौडबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार