काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

२०८१ बैशाख २२, शनिबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाले शनिबार प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरुका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार