कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

२०८१ बैशाख २२, शनिबार

काठमाडौं : नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन्।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए। जसमा एक शतक र २ अर्धशतक सामेल छन्।

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन्।

५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३–२ ले जितेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार