जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने

२०८१ बैशाख २२, शनिबार

काठमाण्डौ : जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर भोलि आइतवारदेखि आउँदो मंगलवारसम्म जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध सूचनामा उल्लेख छ ।

भारतको मधुवनी जिल्लाको झंझारपुर संसदीय क्षेत्रमा मे ७ तारिख मंगलवार लोकसभाको चुनाव हुँदैछ । चुनावको सुरक्षालाई देखाएर भारतीय पक्षले आज मध्यरातिदेखि आउँदो मंगलवार मध्यरातिसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । भारतको यो निर्णयका कारण आइतवारदेखि मंगलवारसम्म रेल्वे सेवा बन्द हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार