जागिर दिने प्रलोभन दिएर एमाले नेताबाट किशोरी बलात्कृत

२०८१ बैशाख २२, शनिबार

काठमाडौँ : काठमाडौँको ठमेलस्थित एक होटलमा किशोरीमाथि बलात्कार भएको छ।

सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका विदुर शर्माले बलात्कार गरेका हुन्। बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका शर्मा फरार छन्। उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले हाम्रोदेशलाई बताए।

वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्। आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार