नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान

२०८१ बैशाख २२, शनिबार

काठमाडौं : नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समय देखि गर्दै आइरहेको जनाएको छ ।सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतनासम्बन्धी वित्तीय साक्षरता कार्यक्रम समेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका धर्मदेवी शाखा प्रवन्धक सुसिल निरौला,स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरु, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार