सुर्खेतको मालपोत कार्यालयमा आगलागी

२०८१ बैशाख २२, शनिबार

सुर्खेत : सुर्खेत वीरेन्द्रनगर -७, स्थित मालपोत कार्यालयमा आगलागी भएको छ।

आगलागीमा जिन्सी शाखामा रहेका काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे हाे । एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हाे ।

आगो कसरी लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार