सल्यानमा श्रीमतीलाई बन्चरो प्रहार गर्ने श्रीमान् पक्राउ

२०८१ बैशाख २३, आईतवार

सल्यान : ज्यान मार्ने उद्देश्यले बन्चरो प्रहार गरी श्रीमतीलाई गम्भीर घाइते बनाउने श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका-८ सिमखर्क घर भएका वर्ष ५० का नन्दलाल रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीका अनुसार नन्दलाल रोकाले घरायसी विवादमा वर्ष ४७ का श्रीमती काली रोकालाई शनिबार राति ९ बजेतिर टाउकोमा बन्चरो प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट घाइते भएकी रोकाको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । गम्भीर घाइते भएकी रोका अहिले खतरामुक्त रहेकी प्रनाउ कार्कीले जानकारी गराए । पक्राउमा परेका रोकालाई प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर घटनाको थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार