काठमाडौं : कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, ३ जना घाइते भएका छन् ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख.२०२७ नं.को यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरी जानकारी दिएको हाे । प्रहरीका अनुसार, बस दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । कीर्तिपुर बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया बिमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते छन्। पन्त र श्रेष्ठको उपचारको लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ।
चालक लामालाई ट्रमा सेन्टरमा लगिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।





