काठमाडौं : राजस्व अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव चक्रबहादुर बुढा आएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभागका महानिर्देशक नवराज ढुंगानालाई तानेर बुढालाई पठाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै निजी सचिवको जिम्मेवारी पाएका ढुङ्गाना २०८० असार १२ गते विभागको महानिर्देशक भएका थिए । यसअघि पर्यटन विभागमा महानिर्देशक रहेका बुढा केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए ।





