लामो समयपछि उपत्यका हल्का वर्षा

२०८१ बैशाख २३, आईतवार

काठमाडौं : लामो समयपछि काठमाडौं उपत्यकामा आइतबार साँझ हल्का वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकासहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ, गर्जन चट्याङ् सहित हल्का वर्षा भइरहेको छ । पश्चिमी वायु र भारतको बंगाल नजिक बनेको न्यून चापीय रेखाको कारण उपत्यकासहित दुई प्रदेशमा हल्का वर्षा सहित देशभरको मौसम बदली भएको मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आगामी तीन दिन नै मौसम प्रणालीको प्रभाव पर्ने भएकाले देशभरको मौसममा बदली हुने सम्भावना छ ।  सोमबार दिउँसो देशभरको मौसममा आंशिक बदली रही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार भन्दा मंगलबार काठमाडौं उपत्यकामा पानी धेरै पर्ने सम्भावना रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार