पाँच दिनमै फेरि बढ्यो अन्डाको मूल्य

२०८१ बैशाख २३, आईतवार

काठमाडौं : पाँच दिनअघि मूल्य घटरे उपभोक्ताले राहत पाए पनि अन्डाको मूल्य फेरि बढेको छ । १९ वैशाखमा घटाएको कुखुराको अन्डाको मूल्य नेपाल लेयर्स कुखुरापालक संघले बढाएको हो ।

संघ अध्यक्ष विनोद पोखरेलले अहिले बजार बिस्तारै बढेकाले किसानलाई राहत दिन मूल्य बढाएको दाबी गरे । ‘अघिल्लो वर्ष योभन्दा धेरै बढी थियो, तर बीचमा लामो समय लागत मूल्यमै बेच्नुपर्‍यो । तर, अब फेरि मार्केट बढ्दा हाम्रो भेलाले तोकेर नै बढाएको हो ।’ संघले अन्डाको नयाँ समर्थन मूल्य १९ वैशाख बिहीबार अनुसार मिडियम साइजको प्रतिक्रेट ३ सय ३० रुपैयाँ, ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३ सय ९५ रुपैयाँ तोकेको थियो ।

२४ वैशाख सोमबारबाट मिडियम अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ५०, ठूलो अन्डा प्रतिक्रेट २० बढाएर ३ सय ९५ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट १५ बढाएर प्रतिक्रेटको ४ सय १० पुगेको छ । हप्तैपिच्छे अन्डाको मूल्य थपघट गर्नुमा किसानको लगानी र बजारको अवस्था हेर्नुपर्ने संघ अध्यक्ष पोखरेल बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार