दुई केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाउने माओवादी केन्द्रको निर्णय

२०८१ बैशाख २४, सोमबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका दुई जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइएको छ । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी वैशाख २१ गते बसेको बैठकले पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाएको हो ।

उनीहरुले पार्टी परित्याग गरेको हुनाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै माओवादीले दवर बहादुर क्षेत्री (डि.वी. क्षेत्री – ओमान) लाई रिक्त रहेको पार्टीको पूर्ण केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यस्तै कौशलेन्द्र शर्मा (महोत्तरी) लाई रिक्त रहेको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्यमा मनोनित गरिएको छ । यसैबीच माओवादी केन्द्रको एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ओम शर्माले पाएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार