कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजन चौलागाई (काठमाडौ) लाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुखमा नियुक्त गरेका छन् ।

त्यसैगरी अध्यक्ष थापाले भक्तबहादुर के.सी. (काठमाडौँ ) लाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन् । उद्धव मिश्र (नुवाकोट), पुष्पा खरेल भट्ट (काठमाडौ), गंगाप्रसाद शर्मा (काठमाडौँ ) र अरुणकुमार बस्नेत (ललितपुर) लाई केन्द्रीय सदस्य पदमा अध्यक्ष थापाले मनोनयन गरेको महामन्त्री भास्कर भद्राले विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार