धनुषाको कमला तटमा सुरु महायज्ञको हवन मण्डपमै आगलागी, सहभागीको भागाभाग

२०८१ बैशाख २८, शुक्रबार

जनकपुरधाम : धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ ।

हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस र खर प्रयोग गरिएको थियो । आगोले मण्डप जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । स्थानीय धर्मनाथ मण्डलले भण्डार कुनाबाट आपरुपी आगलगी सुरु भएको बताए ।

उनले महायज्ञ समितिले चरम लापरवाही गरिरहेको आरोप लगाए । उनले भने, ’जति पैसा चन्दा उठाएको छ । सबै खान खोजेको छ । महायज्ञमा कुनै व्यवस्था छैन ।’ महायज्ञमा सुरक्षाका लागि सुरक्षाकर्मी समेत परिचालन गरिएको छैन् । आगो लागेपनि नियन्त्रणका लागि प्रहरी नपुगेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार