गुजरातले चेन्नइलाई ३५ रनले हरायो

२०८१ बैशाख २९, शनिबार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सलाई पराजित गरेको छ ।

शुक्रबार राति भएको खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय मद्दतमा गुजरातले चेन्नेईलाई ३५ रनले हराएको हो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए भने मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।

गुजरातका मोहित शर्माले ३,  राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिल र सुर्शनको दुई शतकको मद्दतमा ३ विकेटको क्षतिमा २३१ रन बनाएको थियो । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन बनाए । डेविड मिलरले १६ रन थपे ।

चेन्नेइका तुशार देशपाण्डेले २ विकेट लिए । यो जितसँगै गुजरात १० अंकसहित आठौ स्थानमा छ भने चेन्नेइ १२ अंकका साथ चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार