समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्छ : शंकर पोखरेल

२०८१ बैशाख २९, शनिबार

दमौली : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताएका छन् । नेकपा (एमाले) तनहुँको शुक्रबार आयोजित दसौँ अधिवेशनको उद्घाटन गर्दै उनले समाजलाई बदल्ने सङ्कल्प बोकेर पार्टी अगाडि बढेको बताए ।

उनले भने, ‘देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । समृद्ध नेपाल, सुखी नेपाली अभियान पूरा गर्नुपर्नेछ ।’ आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै भने, ‘अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडि बढ्नुपर्छ ।’

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य टुकराज सिग्देललगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार