नेपालगन्जका उपमेयर कमरुद्दीन राई जसपा नेपालमै रहने

२०८१ बैशाख २९, शनिबार

काठमाडौं : बाँकेको नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमै रहने भएका छन् ।

जसका नेपाल बाँकेका अध्यक्षसमेत रहेका उपमेयर राईले एक विज्ञप्तिमार्फत पार्टी विभाजनको आलोचनसमेत गरेका छन् । उनले बाँके जिल्ला समितिमा रहेका सबै नेताहरू जसपा नेपालमै रहेको पनि दाबी गरेका छन् ।

उनले केही ‘विभाजित मनस्थितिका व्यक्ति’हरूले अवैधानिक निवेदनका आधारमा पार्टी विभाजन गरेको समेत आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार