कांग्रेसलाई रविको जवाफ- एक पटक मेरो कुरा सुन्न किन डराएको ?

२०८१ बैशाख २९, शनिबार

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफू सदनमा बोल्न भनेर कांग्रेस डराएको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा कांग्रेसको निरन्तर अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक पटक मेरो कुरा सुन्न किन डराएको ? भन्दै प्रश्न गरे।

उनले भने, उहाँले मलाई किन डराउनुभएको भन्नुभयो ? मैले बोल्ने कुरामा किन डराउनुभएको ? एक पटक सदनमा बोल्न दिए त थाहा हुन्थ्यो नि किन डराएको किन नडराएको ? डर कसले मान्नुपर्ने हो ? निरन्तर दुई महिनासम्म आरोप गरिरहने अनि किन डराएको भन्ने ? एक पटक मेरो कुरा सुन्न किन डराएको ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार