जेठ १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

२०८१ बैशाख २९, शनिबार

काठमाडौँ : आगामी जेठ १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने भएको छ।

संसद्‌का महासचिव पद्ंमप्रसाद पाण्डेयका अनुसार जेठ १ गते मंगलबार दिउँसो ३ बजेका लागि संसद्‌का दुवै सदनको संयुक्त बैठक आह्वान गरिएको हो।
संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सम्बोधन गर्ने भएका हुन्।

त्यसका लागि सांसदहरूलाई त्यस दिन दिउँसो २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थित भइसक्न आह्वान गरिएको छ। सो दिन राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। तर संसद् सचिवालयद्वारा सार्वजनिक सूचनमा यो उल्लेख गरिएको छैन।

यसअघि शुक्रबार बसेको संसद् बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै अवरोध गरेपछि कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार