
काठमाडौँ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी सरकारी दलहरूले फुटाएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष यादवले एमाले र माओवादी केन्द्रकाे नाम नलिई सो प्रतिक्रिया दिएका हुन् । शनिबार जनकपुर पुगेका अध्यक्ष यादवले पत्रकारहरूसँगको कुराकानीमा दुई चार जना लोभी पापी पार्टी फुटाएर गएको बताए । उनले कुकुरले टोक्यो भने त्यही कुकुरलाई आफूहरू टोक्न नजाने टिप्पणी समेत गरे । जुन दलले तपाईंको पार्टी विभाजन गर्यो त्यही पार्टीले नेतृत्व गरेको सरकारमा सहभागी भइरहनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले सो टिप्पणी गरेका थिए ।
उनले भने, ‘कुकुरले टोक्यो भन्दैमा कुकुरलाई टोक्न जाँदिन ।’ अध्यक्ष यादवले पार्टी फुटाएर जानेहरू अन्तैबाट फुटेर आएका र स्वार्थ पुरा गरेर बाहिरिएको आरोप लगाए ।उनीहरू अरू थप स्वार्थ पुरा गर्न अन्तै गएको समेत उनले टिप्पणी गरे । उनले भने, ‘दुई चार जना लोभी पापी यताउति भए पनि मुक्तिको आन्दोलन रोकिँदैन ।’