भारतीय सत्तारुढ दल बीजेपीले कश्मीरको चुनावमा प्रतिस्पर्धा नगर्ने

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : भारतीय सत्तारूढ दल जनता पार्टी (बीजेपी) ले कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ । भारत प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आम चुनावमा सत्तारूढ दलले प्रतिस्पर्धा नगर्ने भएको हो ।

कश्मीरमा यही मे २० अर्थात जेठ ७ गते चुनाव हुँदैछ । चुनावमा प्रतिस्पर्धा नगर्ने विजेपीको निर्णयलाई राजनीतिक विश्लेषक तथा विपक्षी नेताले सरकारको विगतको कदमका कारण कश्मीरका बासिन्दामा उत्पन्न रिसलाई पार्टीले स्वीकार गरेको अर्थमा लिएका बीबीसी हिन्दीले जनाएको छ ।

सन् १९९६ पछि बीजेपी कश्मीरमा चुनाव नलडेको यो पहिलो पटक हो । कश्मीर र भारतीय संघ सरकारबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ । भारतीय शासनकाविरुद्ध भएको विद्रोह र त्यसलाई दबाउन गरेको सेना परिचालनका कारण वितेको तीन दशकमा कश्मीरमा हजारौँको ज्यान गएको छ ।

कश्मीरलाई स्वायत्तता प्रदान गरेको भारतीय संविधानको धारा ३७० का झन्डै सबै व्यवस्थालाई हटाएर सन् २०१९ मा बीजेपीका नरेन्द्र मोदीको सरकारले लद्दाख र जम्मू–कश्मीर गरी दुई संघीय सरकार–प्रशासित क्षेत्रका रुपमा शासन गर्न शुरु गरेपछि अवस्था झनै खराब भएको छ । जम्मूमा ४३ र कश्मीरमा ४७ गरी जम्मा ९० निर्वाचन क्षेत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार