दाङ घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या

२०८१ बैशाख ३०, आईतवार

दाङ : घोराहीको नारायणपुरमा दुईजना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा ५० वर्षीया जुतली बुढा र ४४ वर्षीया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घरेलु हतियार प्रयोग गरी जुतली र संगिताको हत्या भएको हो । पहेलपारमा कोठा भाडामा बस्दै आएका जुतलीको घर रुकुम र सुनारको सुर्खेत रहेको खुलेको प्रहरीले जनाएको छ । घटना हिजो बेलुका ५ बजेतिर भएको अनुमान छ ।

दुई महिलाको हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरेको छ । घर्ती पेशाले अटो चालक रहेका र घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार