सभामुखले कानूनमन्त्री, दलका प्रमुख सचेतक र सचेतकलाई छलफलमा बोलाए

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्य/प्रमुख सचेतक र सचेतकसँग छलफल गर्न लागेका हुन् । छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतको विषयमा केन्द्रित हुने बताइएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार