चितवनमा विद्यार्थी लिन हिँडेकाे स्कुलबसमा आगजनी

२०८१ बैशाख ३०, आईतवार

चितवन : भरतपुरकाे मंगलपुर नजिक कल्याणपुरकाे स्मलहेभन स्कुलकाे बसमा आइतबार बिहान आगजनी भएकाे छ । भरतपुरकाे पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेकाे बसलाई ६ जनाले राेकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेकाे चितवन प्रहरीले जनाएकाे छ । घटना हुँदा बसमा विद्यार्थी थिएनन् ।

चनाैली बजारदेखि दक्षिण अमृतचाेकका विद्यार्थी लिन गइरहेकाे बा प्र ०६-००१ क ००४५ नम्बरकाे बसलाई भरतपुर महानगरपालिका-२० दद्रहनी पुल नेर बिहान साढे आठ बजे तिर राेकेर आगजनी गरेकाे विद्यालयले जनाएकाे छ ।

‘कक्षा १ देखि १२ सम्म पढ्ने ७० जना विद्यार्थी लिन गएकाे बसलाई आगाे लगाएका छन्’ विद्यालयका प्रिन्सिपल रामचन्द्र न्याैपानेले भने । घटना किन कसले गरायाे केही साेच्नै नसकेकाे उनले बताए । घटनाममा ६ जना संलग्न रहेकाे भन्ने खुलेकाे र उनीहरूकाे खाेजी भइरहेकाे घटना स्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार