भोलि बेलुकासम्म निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री दाहाल

२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बेलुकासम्म दलहरूबिच संवादमार्फत संसद्को अवरोध हटाएर नीति तथा कार्यक्रम सहजै अघि बढाउन सहमति जुट्ने विश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

‘संसद् अवरोधको ढोका खोल्न नै मैले आज प्रमुख प्रतिपक्षसँग कुरा गरेको छु’, प्रचण्डले  भनेका छन्, ‘आजको छलफलमा अन्तिम निष्कर्षमा पुग्न नसकिए पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढङ्गले अगाडि बढ्ने वातावरण बन्छ ।’

प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गरेका थिए । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेसहित अनुसन्धानको दायरामा आउने गरी संसदीय समिति गठन नभएसम्म संसद्को अवरोध नहट्ने बताउँदै आएको छ ।

जेठ १ गते मङ्गलवार संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम छ । सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले बजेट सार्वजनिक गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार