कांग्रेसले बोलायो संसदीय दल बैठक

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दल बैठक बोलाएको छ। प्रमुख सचेतक रमेश लेखकका अनुसार संसदीय दल कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ। लगत्तै संसदीय दल बैठक पनि बस्ने उनले जानकारी दिए।

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्नेछ। कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

सभापति शेरबहादुर देउवासहित नेताहरूले बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल पनि गरेका थिए। छलफलपछि प्रमुख सचेतक लेखकले संसदीय समिति गठनका विषयमा प्रधानमन्त्री सकारात्मक रहेको प्रतिक्रिया दिए।

प्रधानमन्त्री दाहालले पनि सोमबार बेलुकीसम्म संसदको गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ। त्यसअघि नै सहमति खोज्ने प्रयासमा दलहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार