राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। आइतबार दिउँसो राष्ट्रपति निवास शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीहरूबीच भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आगामी जेठ १ गते सरकारले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ। प्रत्येक वर्ष सरकारको तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेका छन्। तर, पछिल्ला दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ।

अवरुद्ध संसद् बैठक खुलाउनेगरी प्रधानमन्त्री प्रचण्डले आइतबार बिहानैबाट सक्रियता बढाएका छन्। कांग्रेसले संसद् चल्न नदिने बताइरहँदा आइतबार बिहान सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार