८ अंकले बढ्यो नेप्से

२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ : सेयरबजार ८.२६ अंकले बढेको छ। १९७४.५० विन्दुमा नेप्से पुगेको दिन कारोबार रकम ३ अर्ब नाघेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँ पुगेको छ। बजारमा ७८ लाख ५७ हजार कित्ता सेयर बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।

आज १२७ कम्पनीको सेयर बढेको, १११ को घटेको र ७ वटाको मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ। आज शृजनशील लघुवित्तका सेयरधनीले १२४.८० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो।

अन्य लगानीकर्ताले थोरै दरमा प्रतिसेयर आम्दानी गरेका छन्। आज लगानीकर्ताले ५.४४ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्।सर्वाधिक कारोबारमा शांग्रिला डेभलपमेन्ट अगाडि छ। बैंकको १० करोडको सेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार