मधेश सरकारबाट बाहिरियो माओवादी, मन्त्रीले बुझाए राजीनामा

२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले राजीनामा दिएका हुन् । उनीहरूले मधेश भवन पुगेर मुख्यमन्त्री यादवलाई राजीनामा बुझाए ।

माओवादीले आजै सरकारबाट समर्थन फिर्ता लिने बताएको छ । आजै नेकपा एमालेका मन्त्री पनि राजीनामा दिने तयारीमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार