श्रीलङ्काको जिडिपी सन् २०२५ मा तीन प्रतिशतले वृद्धि हुन्छ– राष्ट्रपति

२०८१ बैशाख ३०, आईतवार

श्रीलङ्काका : श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत पुग्ने बताए । उनिले अर्को वर्ष सरकारी कर्मचारीको तलब वृद्धि गरिने बताए ।

कोलम्बोमा अन्तर्राष्ट्रिय नर्स दिवस समारोहमा उनिले सरकारले देशको अर्थतन्त्रलाई द्रुत विकासतर्फ अघि बढाउन चारवटा प्रमुख कानून पहिचान गरेको उल्लेख गरे ।

उनिले केन्द्रीय बैंकलाई स्वायत्तता दिने पहिलो कानून यसअघि नै बनेको जानकारी दिए । बाँकी कानून सार्वजनिक ऋण व्यवस्थापन ऐन, सार्वजनिक वित्त ऐन र आर्थिक रूपान्तरण कानून रहेको उनिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार