
काठमाडौँ : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ स्थित सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
वैशाख २४ गते हिमालयन बैंकबाट रकम निकालेर रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीतर्फ लैजाँदै गर्दा ३ जना अपरिचितले रकम लुटेर भागेका हुन् । सहकारी संस्थाका कर्मचारी विरेन्द्र महतोको साथमा भएको पैसाको झोला लुटेर भाग्नेमध्येका दुईजनालाई पक्राउ गरिएको धनुषाका एसपी भुवनेश्वर तिवारीले हाम्रोदेशलाई बताए ।