
विराटनगर : कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला बर्खास्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई बर्खास्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशित गरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको वैशाख २८ गतेको सिफारिसमा कोइरालालाई संविधानको धारा १६० को उपधारा ४ को खण्ड ख बमोजिम बैशाख ३० गते पदमुक्त गरिएको उल्लेख छ।