कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज अपरान्ह १ बजे संसदीय दलको बैठक अपरान्ह २ बजे बस्ने जानकारी दिइएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ। बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितिको माग गरेर संसद अवरुद्ध गरिरहेको छ। कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार