सुपस्टार अल्लु अर्जुनमाथि पुलिस केस

२०८१ बैशाख ३१, सोमबार

काठमाडौँ : ‘पुष्पा’ स्टार अल्लु अर्जुनमाथि प्रहरीले मुद्दा दर्ता गरेको छ। दक्षिण सिनेमा क्षेत्रका स्टार अल्लु अर्जुनमाथि निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा प्रहरीले मुद्दा दर्ता गरेको हो।

अल्लु अर्जुन श्निवार आन्ध्र प्रदेशका वाईएसआरसीपी नेता एवं लोकसभा निर्वाचनका उम्मेदवार तथा आफ्नो मित्र सिल्पा रवीको घर पुगेका थिए। अल्लु अर्जुन सिल्पा रवीको घर आएको खबर उनका फ्यानहरूले पाएसँगै त्यहाँ थेगिनसक्नुको भिड जम्मा भयो। जसलाई प्रहरीले निर्वाचन आचारसंहितासँग जोडेर मुद्दा दर्ता गरेको हो।

प्रहरीलाई खबर नै नगरी तथा निर्वाचन प्रचारप्रसार बन्द भएको बेला सिल्पा रवीले अल्लु अर्जुनलाई आफ्नो घर बोलाएको भन्दै दुबैजनामाथि मुद्दा दर्ता गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार