उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ ।

दुवैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो । मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार