चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु

२०८१ बैशाख ३१, सोमबार

एजेन्सी : भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए ।

अस्पतालमा उपचारका क्रममा बालकको भने मृत्यु भएको थियो । फूड प्वाइजनिङका कारण सबै जना बिरामी भएको आशंका गरिएको छ ।स्थानीयहरूको अनुसार पूरनपुर इलाकामा बिहीबार राति चाउचाउ र भात खाएपछि एकै परिवारका तीन बालबालिकासमेत ६ जना बिरामी भएका थिए । बिरामीहरूलाई निजी अस्पतालमा लगिएको भएपनि बालकको भने उपचारकै क्रममा निधन भयो ।

बाँकी बिरामीको हालत भने स्थिर रहेको बताइएको छ । परिवारका सदस्यहरू चाउचाउको साथमा अन्य केही खानेकुरा खाएकोले बिरामी परेको हुन सक्ने खाद्य विभागका द्वितीय सहायक आयुक्त शशांक त्रिपाठीले भनेका छन् । यस मामिलाबारे छानबिन भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार