अफगानिस्तानमा बाढीका कारण मर्नेको सङ्ख्या ३१५ नाघ्यो

२०८१ बैशाख ३१, सोमबार

काबुल : अफगानिस्तानमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीले गर्दा उत्तर अफगानिस्तानमा व्यापक धनजनको क्षति भएको छ ।अधिकारीहरूले बताएअनुसार बाढीका कारण ३१५ जना भन्दा धेरैको ज्यान गएको छ भने १ हजार ६०० जना भन्दा धेरै घाइते भएका छन् । बाढीले हजारौँ घर क्षतिग्रस्त भएका छन् भने हजारौँ बस्तुभाउ चौपाया मरेका छन् ।

आफ्नो साथमा खानेकुरा, पिउने पानी, बास र ओढ्ने केही पनि नभएको अनि बाढीले सारा कुरा तहसनहस पारेका परिवारको १३ जना सदस्य गुमाएका मुहम्मद याहकूबले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई बताए । बाढीले सारा गाउँ ध्वस्त बनाएको याहकूबको भनाइ छ । शुक्रबार आन्तरिक मन्त्रालयले मर्नेको सङ्ख्या १५३ जना पुगेको र यो सङ्ख्या थप बढ्न सक्ने चेतावनी दिएको थियो ।

एक विज्ञप्तिमा अफगानिस्तानका अर्थमन्त्री दिन मोहम्मद हानिफे संयुक्त राष्ट्र संघको मानवीय एजेन्सी र निजी व्यवसायहरूलाई बाढी प्रभावित क्षेत्रमा राहत र सहयोग उपलब्ध गराइदिन अनुरोध गरेका थिए । तालिबानले सन् २०२१ मा शासन आफ्नो हातमा लिएयता संयुक्त राष्ट्र सङ्घीय निकायहरूले अफगानिस्तानलाई सहायता कम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार