दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

२०८१ बैशाख ३१, सोमबार

दैलेख : दैलेखमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दुल्लु नगरपालिका-६ लुजैमा बिजुलीको पोल बोकेको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिकाको खर्च्यागैरा बस्ने मान बहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन्। घाइतेहरूको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार