संघीयता जनतालाई बोझ भइसक्यो: सिटौला

२०८१ बैशाख ३१, सोमबार

विराटनगर : राप्रपा कोशीका संसदीय दलका नेता भक्ती सिटौलाले संघीय संरचना जनतालाई बोझ भइसकेको बताएका छन्। आजको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै सिटौलाले १६ महिनामा ६ वटा सरकार परिवर्तन हुने संघीय संरचना अनावश्यक जनतालाई बोझ मात्रै हो भन्ने स्पष्ट भइसकेको बताए।

सिटौलाले भने ‘संघीय संरचना बोझ मात्रै भएको कोशी प्रदेशलाई हेरे मात्रै पुग्छ।’ संविधान संशोधन नभएसम्म संविधानलाई मान्ने पर्ने भएकाले राप्रपा प्रदेशसभामा प्रतिनिधित्व गरिरहेको सिटौलाले बताए। सिटौलाले राप्रपा तटस्थ बस्ने निर्णय भएको सुनाए। उनले राप्रपा प्रदेशसभामा प्रतिपक्षमा बसेर सरकारलाई सहयोग गर्ने स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार