दल विभाजनविरूद्ध उपेन्द्र यादव पुगे सर्वोच्चमा

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसकोविरूद्ध अध्यक्ष उपेन्द्र यादव सर्वोच्च पुगेका छन्।

सोमबार सर्वोच्च अदालत पुगेर अध्यक्ष यादवले आयोगविरूद्ध रिट दायर गरेका हुन्। सर्वोच्चका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार यादवले दिएको रिट दर्ता भएको छ।

मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ। रिटमा अध्यक्ष यादवले पार्टी विभाजन गरी अशोक राईले जनता समाजवादी पार्टी बनाएको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाएका छन्।

फुटेको जसपामा सांसदहरू प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका थिए। आयोगले भोलिपल्ट नै उक्त दललाई मान्यता दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार