कांग्रेसले आजको संसद चल्न दिने

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसले आजको संसद चल्न दिने भएको छ। केहीबेर अघि समपन्न कांग्रेस संसदीय दलको बैठकलले आज बस्ने संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो। तर, नीति तथा कार्यक्रम प्रस्तुत भएपनि त्यसमाथि छलफल भने गर्न नदिने कांग्रेसका एक नेताले बताए।

आज दिउँसो तीन बजे बस्ने सङ्घीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

कांग्रेससले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको थियो। तर, आज बिहान भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको समस्या समाधान हुने आश्वासन दिएपछि कांग्रेसले आजको संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार