नवलपरासीमा सर्पले डसेर बालकको मृत्यु

२०८१ जेष्ठ १, मंगलवार

पूर्वी नवलपरासी : चार दिन अघि घरमै सर्पले डसेको एक बालकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो ।

चितवन मेडिकल कलेजमा उपचाररत उनको अवस्थामा सुधार नभएपछि चिकित्सकले सोमबार घर लैजान भनेका थिए । उनलाई मंगलबार बिहान घरमा ल्याइएको हो । पूर्वी नवलपरासीमा गोमन, करेतलगायतका बिषालु सर्पको बिगबिगी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार